गरिमा विकास बैंकको नाफा ६५ करोड माथि: खुद ब्याज आम्दानी २ अर्ब बढी, अन्य सूचक कस्ता ? « Arthapath.com
७ बैशाख २०८०, बिहीबार

गरिमा विकास बैंकको नाफा ६५ करोड माथि: खुद ब्याज आम्दानी २ अर्ब बढी, अन्य सूचक कस्ता ?



काठमाडौं । गरिमा विकास बैंकले ६५ करोड बढी नाफा कमाएको छ । बैंकले बिहीवार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो।

चालु आवको ९ महिनामा बैंकले ६५ करोड १८ लाख ८१ हजार रुपैयाँ खुद नाफा कमाएको हो । तर, गत आवको समिक्षा अवधिको तुलनामा भने १६.९२ प्रतिशतले कमी हो । गत आवको तेस्रो त्रैमासमा बैंकले ७८ करोड ४६ लाख ९० हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

सो अवधिमा बैंकको खुद ब्याज आम्दानी भने वृद्धि भएको छ । बैंकले २ अर्ब ३८ करोड ४८ लाख ७२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत आवको समिक्षा अवधिमा भने बैंकले १ अर्ब ८५ करोड ९१ लाख ३२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

यस्तै, बैंकको संचालन नाफा ९३ करोड २ लाख ९४ हजार र वितरणयोग्य नाफा १८ करोड ७५ लाख ७४ हजार रुपैयाँ रहेको छ ।

बैंकको चुक्ता पुँजी ५ अर्ब १८ करोड ७६ लाख ८७ हजार रुपैयाँ रहेको छ । बैंकले जगेडा तथा कोषमा भने १ अर्ब ८० करोड ९० लाख ४९ हजार रुपैयाँ राखेको छ । सो अवधिमा बैंकले ७३ अर्ब ८६ करोड ९९ लाख ५६ हजार रुपैयाँ निक्षेप संकलन गरि ६० अर्ब ६५ करोड ५२ लाख ७५ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैंकको खराब कर्जा पनि बढेको देखिएको छ । सो अवधिमा बैंकको यस्तो कर्जा २.९५ प्रतिशत छ । यस्तै, बैंकको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ७५ पैसा र प्रतिसेयर नेटवर्थ १३८ रुपैयाँ ५७ पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्