सन्राइज बैंकका ग्राहकहरुलाई भारतमा रहेको इन्द्रप्रस्थ अपोलो हस्पिटलमा १० प्रतिशत छुट « Arthapath.com
२३ असार २०८२, सोमबार

सन्राइज बैंकका ग्राहकहरुलाई भारतमा रहेको इन्द्रप्रस्थ अपोलो हस्पिटलमा १० प्रतिशत छुट



काठमाडौं । सन्राइज बैंक र इन्द्रप्रस्था अपोलो हस्पिटलबीच सम्झौता भएको छ । बैंकले आफ्ना सम्पूर्ण ग्राहकमाझ अझै उच्चस्तरीय सुबिधा दिने क्रममा भारत स्थित इन्द्रप्रस्थ अपोलो हस्पिटल सँग सम्झौता गरेको हो ।

सम्झौता अनुसार अब सन्राइज बैंकका सम्पूर्ण ग्राहकवर्गले आफ्नो तथा आफ्ना परिवारका सदस्यहरुको उपचारको क्र्रममा अपोलो हस्पिटल, भारतबाट प्राप्त हुने विभिन्न सेवा सुविधाहरुमा अधिकतम १० प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् ।

सम्झौता पत्रमा सन्राइज बैंकका तर्फबाट बैंकका नायव महाप्रबन्धक रविन कुमार नेपाल र हस्पिटलका तर्फबाट अन्तर्राष्ट्रिय मार्केटिङका महाप्रबन्धक अजयभारद्वाजले आइतबार हस्ताक्षर गरेका छन् ।

इन्द्रप्रस्थ अपोलो हस्पिटल भारत स्थित एक प्रतिष्ठित अस्प्तालहो जसले विभिन्न १४० देशका ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ । उक्त सम्झौता अनुसार सन्राइज बैंकका सम्पुर्ण ग्राहक वर्गले सन्राइज बैंकको डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा साधारण परिक्षण देखि भर्ना खर्च सम्ममा १० प्रतिशत सम्म छुटका साथै सम्पूर्ण मेडिकल अपोइन्ट्मेन्ट्हरुको समन्वय विमानस्थलमा ल्याउने–पु¥याउने लगायत अन्य सेवा तथा सुविधाहरुमा अपोलो हस्पिटल अन्तर्गत भारत भरी रहेका ७३ वटै अस्पतालमा यो विशेष छुट प्राप्तगर्न सक्नेछन् ।

यस योजनाले सन्राइज बैंकका सम्पूर्ण ग्राहकवर्गलाई लाभान्वित बनाउने आशा लिएको छ र साथै भविष्यमा थप सेवा सुविधा दिने सन्राइज बैंकले बताएको छ । भारतमा उपचारको लागि जाने आम नेपालीको लागि लक्षित गरेर सन्राइज बैंकले छुटै Health Care Card पनि संचालनमा ल्याइसकेको छ भने अपोलो लगाएत विभिन्न भारतीय अस्पतालमा उपचार गर्दा लाग्ने खर्च समेत सन्राइज स्वास्थ्य योजना अन्तर्गत सोधभर्ना लिन सकिने बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्