गरिमा बैंकको ६९ लाख ६८ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाडौं । गरिमा विकास बैंकको बोनस सेयर सूचीकृत भएको छ । बैंकको साढे ५९ लाख कित्ता बढी बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको हो ।
बिहीबार बैंकले १३ प्रतिशत बोनस बापतको ५९ लाख ६८ हजार १३५.५५ कित्ता सेयर नेप्सेमा सूचीकृत गराएको हो । बैंकले गत आवको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई १३ प्रतिशत बोनस सेयर वितरणको घोषणा गरेको थियो । सोही बोनस सेयर नै नेप्सेमा सूचीकृत भएको हो ।
अब उक्त बोनस सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिदबिक्री गर्न सक्नेछन् ।