मुक्तिनाथ बैंकको बृहत वित्तीय साक्षरता, विद्युतीय भुक्तानी कारोबार प्रवद्र्धन तथा घर दैलो कार्यक्रम « Arthapath.com
१७ बैशाख २०८०, आईतवार

मुक्तिनाथ बैंकको बृहत वित्तीय साक्षरता, विद्युतीय भुक्तानी कारोबार प्रवद्र्धन तथा घर दैलो कार्यक्रम



काठमाडौं । मुक्तिनाथ विकास बैंकले वित्तीय साक्षरता कार्यक्रम, विद्युतीय भुक्तानी कारोबार प्रवद्र्धन तथा घर दैलोकार्यक्रम सम्पन्न गरेको छ । मुक्तिनाथ विकास बैंक लि.ले सबै शाखा कार्यालयहरु र केन्द्रीय कार्यालयका कर्मचारीहरु को साथमा शुक्रबार र शनिबारका दिन ग्राहक महानुभावहरुमा वित्तीय साक्षरता पुराउन र बैंकिङ्ग सेवा, सुविधाहरुको जानकारी दिन आफ्नो देशभर कार्यक्रम गरेको हो ।

बैंकको बृहतवित्तीय साक्षरता, विद्युतीयभुक्तानी कारोबार प्रवद्र्धनतथा घर दैलो कार्यक्रमको आयोजना भने देशभरका विभिन्न विद्यालयहरु, कलेजहरु,समुदाय केन्द्रहरु तथाअन्य सार्वजजिक स्थलमा गरिएको थियो ।

“जनताबैंकमा हैन बैंक जनतामा जानुपर्दछ” भन्ने मुल नाराको साथ यस बंैक लिले आफ्नोे नारालाई मनन् गर्दै यो कार्यक्रम आयोजना गरेको हो । बैंकले आयोजना गरेको उक्त कार्यक्रममा बैंकका अध्यक्ष, सञ्चालक समितिका सदस्यहरु,प्रमुखकार्यकारी अधिकृत,उच्च व्यवस्थापन सहितअन्य सम्पूर्ण कर्मचारीहरु र केही संस्थापक सेयरधनीहरुको सहभागीता रहेको थियो ।

यसरी वित्तीय साक्षरतातथाघर दैलो कार्यक्रम राख्दै बैंकले विधार्थीहरु, जनमानस तथा ग्राहकहरुमा बैंकका विभिन्न सेवाका बारे घरमै गएर वा एक स्थान बाटै जानकारी गराउँदा उपस्थित सबै सहभागीहरुले बैंकिङ्ग सेवा तथा विद्युतीय भुक्तानी कारोबार प्रवद्र्धन सम्बन्धी जानकारी पाउने विश्वास बैंकले लिएको छ । यस बाट बैंकको नाम मात्रनभई बैंकिङ्गश्रेत्रको बारेमा पनि साक्षरता बढ्ने बैंकको धारणा छ ।


प्रतिक्रिया दिनुहोस्