कामना सेवा विकास बैंकको ३० हजार कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला « Arthapath.com
१७ बैशाख २०८०, आईतवार

कामना सेवा विकास बैंकको ३० हजार कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला



काठमाडौं । कामना सेवा विकास बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको ३० हजार कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको हो ।

बैंकले संस्थापक सेयरधनी सुनिता कुमारी गरेको नाममा रहेको संस्थापक सेयर बिक्रीमा ल्याएको हो । उक्त सेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक वा अन्य जो कोहि ब्यक्ति तथा संघ संस्थाले आवश्यक कागजात संकलन गरी आवेदन दिन सकिनेछ ।
आवेदन सूचना प्रकाशित भएको मिति (बैशाख १७ गते) ले ३५ दिनभित्र आवेदन पेश गर्न सक्नेछन् । आवश्यक कागज प्रमाण संलग्न गरि बैंकको केन्द्रीय कार्यालय ज्ञानेश्वर काठमाडौं के कति सेयर खरिद गर्नेमा व्यहोरा खुलाई निवेदन दिनुपर्ने सूचनामा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस्