भुरुङ तातोपानीमा गरिमा विकास बैंकको एटिएम « Arthapath.com
२१ बैशाख २०८०, बिहीबार

भुरुङ तातोपानीमा गरिमा विकास बैंकको एटिएम



काठमाडौं । गरिमा विकास बैंकले उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका भुरुङ तातोपानीमा मुस्ताङ्ग आउने जाने पर्यटकहरुलाई लक्षित गरि एटिएम सेवाको सुचारु गरेको छ ।

एक कार्यक्रमको बिच बैंकका संचालक दिपेन्द्र श्रेष्ठ र गाउँपालिका अध्यक्ष भरत कुमार पुनले संयूक्त रुपमा एटिएम सेवाको उद्घाटनगरेका छन् । म्याग्दीकै पर्यटकीय स्थल भुरुङ तातोपानी भएर मुस्ताङ आउने जाने पर्यटकहरुलाई गरिमा विकास बैैंकको एटिएम काउन्टरले आर्थिक कारोबार गर्न सहजहुने अपेक्षा कम्पनीले गरेको छ ।

बैंकले नेपालभर १२१ शाखाकार्यालय, ५० एटिएम साथै डिजि बटुवा, डेविट÷क्रेडिट कार्ड लगायतका डिजिटल बैंकिङमार्फत सरल, सुरक्षितएवं गुणस्तरीय सेवा प्रदानगर्दै आईरहेको छ ।


प्रतिक्रिया दिनुहोस्