८ श्रावण २०८३, शुक्रबार

छुट्नु होला है ? मोदी ईनर्जीको आइपीओमा आवेदन दिने आज अन्तिम मौका



काठमाडौं । मोदी ईनर्जी लिमिटेडको आइपीओमा आवेदन दिने आज (बैशाख २४ गते) अन्तिम दिन रहेको छ । कम्पनीले वैशाख १९ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले ७२ लाख ५० हजार कित्ता आइपीओ जारी गरेको छ । जसमध्ये २९ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र ४ लाख ३५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बाँडफाँट गरिसकेको छ । त्यस्तै, ३ लाख २२ हजार २८० कित्ता सेयर सामूहिक लगानी कोष र १ लाख २८ हजार ९१० कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरेको छ । बाँकी ५९ लाख ९४ हजार ४२० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो ।

उक्त आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको बिक्री प्रबन्धक सनराइज क्यापिटल रहेको छ ।


प्रतिक्रिया दिनुहोस्