शनिबारसम्म १८ हजारभन्दा धेरै नेपाली स्वदेश आइपुगे

काठमाण्डौ – नोभल कोरोना भाइरस कोभिड १९ बाट विदेशमा समस्यामा परेका १८ हजार २ सय ९३ जना नेपाली स्वदेश फर्किएका छन ।
अहिलेसम्म विभिन्न २१ देशबाट १९ हजार २ सय ९३ जना नेपार्ली चार्टर्ड जहाजमार्फत स्वदेश फकिएको गैरआवासीय नेपाली संघ एनआरएनएले जनाएको छ ।
त्यसैगरी विदेशमा विभिन्न कारणले ज्यान गुमाएका १२५ नेपालीको शव पनि स्वदेश ल्याइएको छ ।
१०५ शवको भने व्यवस्थापनको काम बाँकी रहेको गैरआवासीय नेपाली संघ एनआरएनएले जनाएको छ ।
त्यसैगरी १ सय ३२ जना नेपालीहरुको शवे परिवारको सहमतिमा विदेशमै अन्त्येष्टि गरिएको एनआरएनएले जनाएको छ ।