८ श्रावण २०८३, शुक्रबार

मोदी ईनर्जीको आइपीओ बाँडफाँट, ५ लाख ६१ हजारले पाए १०।१० कित्ता सेयर



काठमाडौं । मोदी ईनर्जी लिमिटेडको आइपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडको कार्यलयमा आज (बैशाख ३१ गते) बाँडफाँट भएको हो ।

कम्पनीको आईपीओमा १२ लाख ३६ हजार २६९ जना आवेदकले १ करोड ३५ लाख ४ हजार ३० कित्ताका लागि आवेदन दिएका थिए । यसमध्ये ६ हजार ५२८ आवेदकको आवेद रद्द भई १२ लाख २९ हजार ७४१ आवेदकको आवेदन कायम भएको थियो ।

माग भन्दा बढी आवेदन परेको हुदाँ कम्पनीको आइपीओ गोलाप्रथाबाट बाँडफाँट भएको हो । जसमा यी मध्ये ५ लाख ६१ हजार २२६ आवेदकले दश दश कित्ताका दरले सेयर पाएका छन् ।

कम्पनीले वैशाख १९ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको थियो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले ७२ लाख ५० हजार कित्ता आइपीओ जारी गरेको थियो । जसमध्ये २९ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र ४ लाख ३५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बाँडफाँट गरिसकेको छ । त्यस्तै, ३ लाख २२ हजार २८० कित्ता सेयर सामूहिक लगानी कोष र १ लाख २८ हजार ९१० कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरेको छ । बाँकी ५५ लाख ५९ हजार ४२० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो।


प्रतिक्रिया दिनुहोस्