एक बैंकको बोनस सेयर तपाईको डिम्याट खातामा आयो ? छैन भने यसो गर्नुहोस्

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले लाभांश वितरण सुरु गरेको छ । कम्पनीले सम्बन्धित सेयरधनीहरुको हितग्राही खाता (डिम्याट) मा बोनस नगद जम्मा गरेको हो ।
कम्पनीको फागुन १४ गते सम्पन्न १५औं वार्षिक साधारण सभाले पारित गरेको तीन प्रतिशत बोनस सेयर जम्मा गरेको हो । माघ २५ गतेसम्म सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको बोनस सेयर हितग्राही खातामा जम्मा गरेको कम्पनीले जनाएको छ ।
सो मिति पश्चात सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको खातामा क्रमश बोनस जम्मा हुने भएको हुदाँ हालसम्म सेयर अभौतिकीकरण नगराएका सेयरधनीहरुले यथाश्रिघ अभौतिकीकरण गर्ने कम्पनीले भनेको छ ।