महालक्ष्मी विकास बैंकको २ लाख ४० हजार कित्ता सेयर बिक्रीमा, क-कस्ले दिने आवेदन ?

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयर समूहको २ लाख ४० हजार ६६५ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
सेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (जेठ ९ गते) ले ३५ दिन भित्र कम्पनीको केन्द्रिय कार्यालय दरबारमार्ग काठमाडौंमा आवेदन दिन सकिनेछ ।
साथै, तोकिएको अवधि भित्र सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा उक्त सेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।