एक बैंकको बोनस सेयर तपाईको खातामा आयो ? छैन भने के गर्ने

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले लाभांश वितरण सुरु गरेको छ । कम्पनीले ८.५३४ प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरेको हो ।
बैंकले गत फागुन २६ गतेसम्म सेयर डिम्याट गराएकाहरुको बोनस सेयर खातामा पठाइदिएको हो । हालसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गनुपर्ने कम्पीले जनाएको छ ।
भौतिक प्रमाणपत्र डिम्याट गरेपछि मात्र बोनस जम्मा गरीने गरीनेछ ।