दुई बीमा कम्पनीको सेयर कारोबार रोक्का

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले दुई कम्पनीको सेयर कारोबार रोक्का गरेको छ । आइतबार अजोड इस्योरेन्स र युनाइटेड इस्योरेन्सको सेयर कारोबार रोक्का भएको हो ।
यी दुबैं कम्पनीले एक आपस मर्जर भएपछि जेठ १४ गतेदेखि एकीकृत कारोबार गर्ने भएकाले जेठ १४ गतेदेखि कारोबार रोक्का हुने भएको हो ।
यी दुबै कम्पनी बिच स्वाप रेसियो १००ः८२.५० अनुपातमा मर्जर हुने सहमति भएको छ ।