महालक्ष्मी विकास बैंकद्वारा ‘भिजा क्रेडिटकार्ड’ सेवा सुरु « Arthapath.com
१२ जेष्ठ २०८०, शुक्रबार

महालक्ष्मी विकास बैंकद्वारा ‘भिजा क्रेडिटकार्ड’ सेवा सुरु



काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले क्रेडिटकार्ड सेवा आजबाट सुरुवात गरेको छ ।

बैंकले आज (जेठ १२ गते) शुक्रबार देखि औपचारिक रुपमा ग्राहकहरुको डिजिटल बैंकिङको आवश्यकता र चाहनालाई मध्यनजर गर्दै बैंकको २९औं वार्षिकोत्सवको अवसरमा भिसा क्रेडिटकार्ड सेवाको सुभारम्भ गरेको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देबकोटाले बैंकको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमका बिच क्रेडिटकार्ड सेवाको समुद्घाटन गरेका थिए । देबकोटा ग्राहकको आवश्यकता, सन्तुष्टि र संस्थागत सुशासनलाई आत्मसात् गर्दै भविष्यमा अझ अत्याधुनिक सरल, सहज र विश्वसनीय बैकिङ्ग सेवाको पहुँच सारा नेपाली जनतामा पु¥याउने प्रतिबद्धता समेत व्यक्त गरेका थिए।

क्रेडिटकार्ड प्रयोगकर्ताल अनलाईन कारोबार तथा भिजाकार्ड स्वीकार गर्ने एटिएम बाट सजिलै नगद झिक्न, पिओएस्मार्फत भुक्तानी गर्न र वस्तु वा सेवाहरु खरिद गर्न सक्नेछन् । कार्ड मार्फत नगदझिक्दा, अनलाईन भुक्तानीगर्दा र वस्तु वा सेवाहरु खरिद गर्दा अधिकतम ४५ दिन सम्म व्याज नलाग्ने, क्रेडिटकार्ड सिमा १५ हजार देखि ५ लाखसम्म पाउने तथा नेपाल भारत र भुटानमा सजिलै प्रयोग गर्न सकिने जस्ता विशेषताहरु क्रेडिटकार्ड सेवामा उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्