कुमारी बैंकको साढे सात लाख बढी संस्थापक सेयर आजदेखि लिलामीमा « Arthapath.com
१६ जेष्ठ २०८०, मंगलवार

कुमारी बैंकको साढे सात लाख बढी संस्थापक सेयर आजदेखि लिलामीमा



काठमाडौं । कुमारी बैंकले जेठ १६ गते (आज) देखि बैंकको नाममा रहेको संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । बैंकको नाममा रहेको ७ लाख ५७ हजार ६९९ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको हो ।

लिलामी सेयरमा बैंकको संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । कम्पनीले न्यूनतम १२१ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले १ हजार कित्तादेखि सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

इच्छुक व्यक्तिहरुले जेठ २२ गतेसम्म आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल, लाजिम्पाट काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ । लिलामी सेयरको आवेदन जेठ २३ गते दिउँसो ३ बजे एनआइबीएल एस क्यापिटल, लाजिम्पाट काठमाडौंमा खोलिनेछ ।


प्रतिक्रिया दिनुहोस्