यस्तो छ कामना सेवा विकास बैंकको १६औं वार्षिक साधारण सभाको ‘माइन्युट’

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको १६ औं वार्षिक साधारण सभा बैशाख ३१ गते आइतबारका दिन काठमाडौं–६ बौद्ध सिमलटार स्थित सिद्धार्थ बुटिक होटलमा सम्पन्न भएको छ ।
सभाले आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ४.४१ प्रतिशतका दरले बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनार्थ ०।२३२१ प्रतिशत लाभांश वितरण गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको छ ।
सभाले आर्थिक वर्ष २०७९÷०८० को लेखापरीक्षण गर्नको लागि बैंकको लेखारीक्षण समितिद्वारा सिफारिस गरिए बमोजिम लेखारीक्षण बि।आर एस् न्यौपाने एण्ड कम्पनी, चार्टड एकाउन्टेन्टस्लाई नियुक्ति गर्ने प्रस्ताव पारित गरेको छ ।