मुक्तिनाथ विकास बैंकको सेयर प्रतिकित्ता १९० रुपैयाँ मै बिक्रीमा

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको १ लाख १९ हजार ५५ कित्ता सेयर लिलाम बढाबढ प्रक्रियाद्धारा बिक्रीमा ल्याएको हो ।
बैंकका केहि संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको सेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो । उक्त सेयरको न्यूनतम मूल्य १९० रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्ने छ ।
उक्त सेयर खरिद गर्ने चाहने इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र बिओक क्यापिटल लिमिटेड नक्साल काठमाडौंमा आवेदन दिन सकिनेछ ।