नारायणी डेभलपमेन्ट बैंकको साधारण सभा असार १९ गते, के के छन् एजेण्डा « Arthapath.com
३० जेष्ठ २०८०, मंगलवार

नारायणी डेभलपमेन्ट बैंकको साधारण सभा असार १९ गते, के के छन् एजेण्डा



काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको २१औं वार्षिक साधारण सभा असार १९ गतेका लागि बोलाएको छ । सभा होटल मोनालिसा सौराहा चितवनमा बिहान ११ः३० बजे बस्ने गरी आव्हान गरेको हो ।

सभाले गत आर्थिक वर्ष २०७८।०७९ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्ने छ ।

साथै संचालक मनोनयन गर्ने र अन्य बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने तथा प्राप्ति हुने, रणनीतिक साझेदार, नयाँ लगानीकर्ता भित्र्याउका लागि उपयुक्त बैंक तथा वित्तीय संस्था मर्जरमा जाने अधिकार संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव समेत पारित गर्ने छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले असार १० गते एक दिनका लागि बुक क्लोज गर्ने भएको हुदाँ असार ९ गतेसम्म कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन पाउनेछन् ।


प्रतिक्रिया दिनुहोस्