मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई सेफ्स बर्गरमा १० प्रतिशत छुट « Arthapath.com
३० जेष्ठ २०८०, मंगलवार

मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई सेफ्स बर्गरमा १० प्रतिशत छुट



काठमाडौं । मुक्तिनाथ विकास बैंक र सेफ्स बर्गर प्रालिबीच छुट सम्बन्धि सम्झौता भएको छ । बैंकले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिन नेपाल विभिन्न स्थानहरुमा शाखाहरु रहेको “ सेफ्स बर्गर प्रालिसँग छुट प्रदान गर्ने गरी व्यवसायिक सम्झौता गरेको हो ।

सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले सेफ्स बर्गर प्रालिका विभिन्न शाखाहरुमा फुड एण्ड बेभरेज सेवामा विशेष १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेर्टोकमा आवद्ध अन्य जुन सुकै बैंकको एटियम मेसिनबाट बाट नि:शुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।


प्रतिक्रिया दिनुहोस्