मितेरी डेभलपमेन्ट बैंकको २९ हजार कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीका ल्याएको छ । बैंकले संस्थापक समूहको २९ हजार १६२ कित्ता सेयर बिक्री गर्ने लागेको हो ।
बैंकका संस्थापक सेयरधनी ललिता थापाले आफ्नो नाममा रहेको सेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो ।
उक्त सेयर खरिद गर्ने चाहने विद्यमान संस्थापक सेयरधनी वा अन्य जो कोहि ब्यक्ति तथा संस्थाले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र बैंकको केन्द्रिय कार्यालय महेन्द्रपथ धरान १२ सुनसरी वा सेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेडमा आवेदन दिन सकिनेछ ।