सनराइज बैंकद्वारा विभिन्न विद्यालयहरुमा एटिएम प्याड हस्तान्तरण « Arthapath.com
६ असार २०८०, बुधबार

सनराइज बैंकद्वारा विभिन्न विद्यालयहरुमा एटिएम प्याड हस्तान्तरण



काठमाडौं । सनराइज बैंकले विभिन्न विद्यालयमा महिलाहरुको सशक्तिकरणको लागि प्याड एटिएम प्रदान गरेको छ ।

विद्यालयमा व्यवस्थित शौचालय र सेनिटरी प्याडको व्यवस्था नहुँदा उनीहरु विद्यालय जान हिचकिचाउने देखिन्छ । यसै समस्यालाई अध्ययन गरी बैंकले विभिन्न विद्यालयहरुमा अटोमेटिक एटिएम एयाड मेसिन प्रदान गरेको छ । एउटा सिक्का हाल्दा एउटा प्याड आउने ब्याट्री ब्याकअप सहितको उक्त मेसिनले छात्राहरु तथा विद्यालयमा कार्यरत महिलाहरुलाई आवश्यक पर्दा सजिलै प्याड लिन सकिने वातावरणको सिर्जना हुने बैंकले बताएको छ ।

बैंकले आज एक कार्यक्रमका बिच काठमाडौँको शान्ति विद्यागृह माध्यमिक विद्यालय, लैनचौरमा एक थान प्याड एटिएम र एक थान प्याड डिस्पोसर मेसिन हस्तान्तरण गरेको छ । बैंकका सहायक महाप्रबन्धक हरि प्रसाद आचार्यले, ऋक्च् प्रमुखसुमन थापा र कान्तिपथ शाखा प्रमुख अनिल महर्जनको उपस्थितीमा विद्यालयका प्रधानाध्यापक श्रीमती शिव कुमारी बराल घिमिरेलाई उक्त सामान हस्तान्तरण गरेका छन् ।

साथै बैंकद्वारा ललितपुर एकान्तकुना स्थित महेन्द्र भृकुटी माध्यमिक विद्यालयमा पनि सो मेसिन हस्तान्तरण गरिएको थियो । यसैगरी देशका विभिन्न ठाउँमा एटिएम प्याड प्रदान गर्ने क्रममा बैंकले मोलुङ्ग, किन्जा, डुम्रे, देउराली, बाग्लुङ्ग, वालिङ्ग, कावासोती, बर्दिवास, तेह्रथुम, विरेन्द्रनगर लयागतका ठाउँहरुमा उक्त मसिनहरु हस्तान्तरण गरिसकेको छ ।


प्रतिक्रिया दिनुहोस्