हिमालयन बैंकका ग्राहकहरुलाई आरोगिन हेल्थ केयरमा विशेष छुट « Arthapath.com
७ असार २०८३, आइतबार

हिमालयन बैंकका ग्राहकहरुलाई आरोगिन हेल्थ केयरमा विशेष छुट



काठमाडौं । हिमालयन बैंक लिमिटेड र काठमाडौं विशालनगरमा रहेको आरोगिन हेल्थ केयर रिसर्च सेन्टरबीच सम्झौता गरेको छ । बैंकको ग्राहकहरुलाई हेल्थ केयर सेन्टरले प्रदान गर्दै आएको विभिन्न सेवा–सुबिधाहरुमा ५ देखि ४५ प्रतिशतसम्म छुट प्रदान गर्ने सम्झौता गरेको हो ।

सम्झौता अनुसार हिमालयन बैंकका कार्डबाहक तथा ग्राहकहरुलाई आधुनिक प्रणालीबाट कपाल रोप्न तथा कपाल झर्न कम गर्ने उपचारमा ४५ प्रतिशत सम्मको छुट, छालाको हेरचाहमा ३० प्रतिशत सम्मको छुट, ल्याव सेवाहरुमा २५ प्रतिशत सम्मको छुट, दाँतको हेरचाह वा उपचार प्रक्रियामा २० प्रतिशत सम्मको छुट, दिवा वा २४/७ नर्सिङ्ग केयर सेवामा १५ प्रतिशत सम्मको छुट र फिजियोथेरापीमा ५ प्रतिशतको छुट प्रदान गर्ने सम्झौता भएको छ ।

हिमालयन बैंकका कार्डबाहक तथा ग्राहकहरुलाई उक्त छुट प्राप्त गर्न कुनै पनि डेबिट, क्रेडिट वा प्रीपेड कार्ड देखाउन वा निम्न कार्डहरु बाट भुक्तानी गर्न सक्नेछन् र छुटको लाभ उठाउन सक्ने कम्पनीले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्