लघुवित्त डुबाउने अराजक समूह बढ्यो, सेवा संचालन गर्ने नसक्ने अवस्था आयो: अध्यक्ष लम्साल

काठमाडौं। नेपाल लघुवित्त बैंकर्स संघका निवर्तमान अध्यक्ष बसन्त लम्सालले लघुवित्त आएका पछिल्लो गतिविधिले लघुवित्त संस्था डुबाउने खेल भइरहेको बताए छन् । सोमबार एक पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।
पछिल्लो केही समयदेखि लघुवित्त वित्तीय संस्थाहरुको बिरुद्धमा केही ब्यक्ति तथा समूहले लघुवित्त बिरुद्धको संर्घष समिति नामको अवैधानिक समूहले अराजक काम गरिरहेको उनले बताए । उनले भने, ‘संस्थाहरुकोे कार्यालयमा ताल्चा लगाउने, कर्मचारीहरु माथि हातपात गर्ने, लघुवित्त कार्यक्रम बन्द गर्न लगाउने र विभिन्न धम्की दिएर कर्मचारीहरुको मनोबल गिराउने जस्ता अराजक गतिविधि भैरहेको छ । यस्तो कार्य भइरहेने हो भने लघुवित्तले सेवा संचालन गर्ने सक्दैन ।’
देशभर पछिल्लो समय घटेको घटनाले आम लघुवित्तकर्मी तथा नागरिकहरुमा त्रासको वातावरण सृजना भएको र त्यस्ता अराजक गतिविधिले देशको अर्थतन्त्रलाई नकारात्मक प्रभाव पारेको उनकप तर्क छ । प्रहरी प्रशासनले समेत लघुवित्तकर्मिलाइ सुरक्षा दिन समेत सक्रिय रुपमा नलागेको उनले बताए ।
लघुवित्तमा भएका कमि कमजोरी सुधार गर्न आफु तयार रहेको बताउदै राष्ट्र बैंक समेत सहयोग नगरेकोले लम्सालले बताए । लघुवित्त बिरुद्दका अराजक समूह बढ्दै गयो, सेवा संचालन गर्ने नसक्ने अवस्था आएको अध्यक्ष लम्सालले भने ।
यो पनि पढ्नुहोस्