भोलि बिदाका दिन समेत कामना सेवा विकास बैंकले सेवा प्रदान गर्ने

काठमाडौं । कामना सेवा विकास बैंकले भोलि (असार १४ गते) सार्वजनिक बिदाका दिन समेत बैंकिङ्क सेवा प्रदान गर्ने भएको छ ।
कम्पनीले एक सूचना प्रकाशित गर्दै कम्पनीले आफ्ना सम्पूर्ण शाखा बिहान १० बजेदेखि २ बजेसम्म संचालन गर्ने भएको हो । ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै कम्पनीले उक्त सेवा प्रदान गर्ने लागेको हो ।
सरकारले भोलिदेशभर इस्लाम धर्मालम्बीहरुको पर्व बकर (ईद उल उजहा) को अवसरमा सार्वजनिक बिदा दिएको छ ।
