नारायणी डेभलपमेन्ट बैंकको साधारण सभा आज बस्दैँ « Arthapath.com
२२ असार २०८२, आईतबार

नारायणी डेभलपमेन्ट बैंकको साधारण सभा आज बस्दैँ



काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको २१औं वार्षिक साधारण सभा आज बस्दैँछ । सभा होटल मोनालिसा सौराहा चितवनमा बिहान ११ः३० बजे बस्ने गरी आव्हान गरेको हो ।

सभाले गत आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।

साथै संचालक मनोनयन गर्ने र अन्य बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने तथा प्राप्ति हुने, रणनीतिक साझेदार, नयाँ लगानीकर्ता भित्र्याउका लागि उपयुक्त बैंक तथा वित्तीय संस्था मर्जरमा जाने अधिकार संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव समेत पारित गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले असार १० गते एक दिनको लागि बुक क्लोज गरी भइसकेको हुँदा असार ९ गतेसम्म कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन पाउनेछन् ।


प्रतिक्रिया दिनुहोस्