नेप्सेमा स्ट्याण्डर्ड चार्टर्ड बैंकको ऋणपत्र सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको ऋणपत्र सूचीकृत भएको छ । बुधबार स्ट्याण्डर्ड चार्टर्ड बैंकको सूचीकृत भएको हो ।
स्ट्याण्डर्ड चार्टर्ड बैंकको २४ लाख कित्ता ऋणपत्र सूचीकृत भएको छ । बैंकले ५ वर्षको अवधिको १०.३० प्रतिशत व्याजदरमा ऋणपत्र जारि गरेको थियो । सोही ऋणपत्र आज नेप्सेमा सूचीकृत भएको हो । नेपाल स्टक एक्सभेञ्ज नेप्सेमा भोली असार २१ गतेबाट दोस्रो बजारमा कारोबार आउनेछ ।














