१९ श्रावण २०८३, मंगलबार

घोराही सिमेन्ट आइपीओ प्रकरण: धितोपत्र बोर्डले गर्यो चार निर्णय !



काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको सार्वजनिक निष्काशन सम्बन्धी नेपाल धितोपत्र बोर्डले ४ वटा निर्णय गरेको छ ।

लगानीकर्ताहरुको हित संरक्षणलाई मध्यनजर गर्दै बोर्डले सो सम्वन्धी अध्ययन तथा जाँचबुझ समिति गठन गरेको थियो । सो समितिको प्रतिवेदनको आधारमा बोर्डले चार निर्णय गरेको हो ।

कम्पनीको आइपीओमा केही लगानकर्ताहरुले बैक खातामा पर्याप्त मात्रामा रकम नहुँदा नहुँदै सर्वसाधारण लगानीकर्ताहरुलाई भ्रमित पार्ने उद्देश्यले अस्वाभाविक रूपमा ठूलो कित्ता सेयर खरिद गर्न आवेदन दिएका थिए । तर, उक्त आवेदकहरु निष्कासनकर्ता कम्पनी र निष्काशन तथा बिक्री प्रबन्धकको संचालक र कर्मचारीहरुसँग कुनै सम्बन्ध नदेखिएको प्रतिवेदनले देखाएको छ । ती आवेदककरले सर्वसाधारणहरुलाई भ्रमित पार्ने उद्देश्यले आवेदन गरेको देखिएकोले जालसाजी सम्बन्धमा नेपाल प्रहरी समक्ष थप छानविनको लागि सिफारिस गर्ने बोर्डले निर्णय गरेको हो ।

घोराही सिमेन्टको आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकले माग भन्दा बढी कित्ता शेयर खरिदको लागि आवेदन परेको अवस्थामा समेत समयावधि थप गर्न सूचना प्रकाशित गरेको थियो । बोर्डले सो सम्बन्धमा समेत थप छानविन गर्ने निर्णय गरेको छ । खातामा पर्याप्त रकम नहुँदा पनि के कसरी आवेदन स्वीकृत भएको भन्ने विषयमा पनि थप छानविन आश्यक कारवाही अगाडि बढाउने बोर्डले जनाएको छ । ‘आस्वा सदस्य एनआइसी एशिया बैंक लिमिटेडले आवेदकको खातामा पर्याप्त रकम नभई आवेदन स्वीकृत गरेकोमा खातामा पर्याप्त रकम नहुँदा नहुँदै के कसरी आवेदनहरु स्वीकृत भएको हो सो सम्बन्धमा थप छानविन गरी आवश्यक कारवाही अगाडी बढाउने भएको छ’– बोर्डको निर्णयमा उल्लेख छ ।

यस्तो छ बोर्डको निर्णय: