२६ श्रावण २०८३, मंगलबार

प्रतिकित्ता ११० रुपैयाँमा नै कुमारी बैंकको सेयर सर्वसाधारणका लागि बिक्रीमा



काठमाडौं । कुमारी बैंकले सर्वसाधारणको लागि संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले केही संस्थापक सेयरधनीको नाममा रहेको ७ लाख ५७ हजार ६९९ कित्ता सेयर बिक्री गर्ने लागेको हो ।

कम्पनीले सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ११० रुपैयाँ हुदाँ आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंतिक गरी आवेदन पेश गर्ने सकिनेछ । इच्छुक व्यक्तिहरुले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

उक्त सेयर खरिदको लागि संस्थापक सेयरधनी सहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाहरुले आवश्यक कागजात संकलन गरी असार २९ गतेसम्म कम्पनीको बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल, लाजिम्पाट काठमाडौंमा पुग्ने गरी आवेदन पेश गर्न सकिनेछ ।