घोराही सिमेन्टको आइपीओमा अन्तिम दिनसम्म ६ लाख ७३ हजारले दिए आवेदन
काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको आइपीओमामा ११ अर्ब ५ करोड ७८ लाख ३९ हजार २०० रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार आज अन्तिम दिन अर्थात असार २५ गते साँझ ५:६ बजेसम्म ६ लाख ७३ हजार ८३९ जनाले २ करोड ५४ लाख २० हजार ३२० कित्ताका लागि आवेदन परेको हो ।
कम्पनीले सर्वसाधारणका लागि प्रिमियम आइपीओ निष्कासन तथा बिक्री खुला गरेको थियो । यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरि बाँडफाँट पनि गरिसेको छ । त्यसमध्ये बाँकी भएको सबै सेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३३५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ४३५ रुपैयाँका दरले ६९ लाख ११ हजार ६७० कित्ता सेयर निष्कासन गरेको थियो ।
कम्पनीलाई केयर रेटिङ्ग नेपालले केयरएनपी ट्रिपल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ । कम्पनीको आइपीओ निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड र नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।













