कहिलेसम्म कायम सेयरधनीहरुले मल्टीपर्पस फाइनान्सको हकप्रदमा आवेदन दिन पाउछन् ?

काठमाडौं । मल्टीपर्पस फाइनान्सले हकप्रद सेयर निष्कासनका लागि बुक क्लोजको मिति तय गरेको छ । कम्पनीले हकप्रद सेयर निष्कासनका लागि साउन १२ गते बुक क्लोज गर्ने भएको हो ।
साउन ११ गतेसम्म कायम सेयरधनीहरुले मात्र कम्पनीको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीको २०७९ पुष ३० गते सम्पन्न साधारण सभाले ३५ प्रतिशत हकप्रद सेयर निष्कासन प्रस्ताव पारित गरेको थियो ।
नेपाल धितोपत्र बोर्डले समेत अनुमति प्रदान गरी सकेको छ । कम्पनीले १ः०.३५ अनुपातमा १५ लाख ८२ हजार कित्ता हकप्रद जारी गर्न अनुमति दिएको हो । कम्पनीको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।
हाल कम्पनीको चुक्ता पुँजी ४५ करोड २० लाख रुपैयाँ रहेको छ ।