२१९ कम्पनीको सेयर मूल्य घट्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २९.७१ अंकले घटेर २१२६.४८ बिन्दुमा बन्द भएको छ । आज २ अर्ब ४२ करोड ५७ लाख ८० हजार ५६४ रुपैयाँको कारेबार भएको छ ।
बिहीबार किसान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य घटेको छ । कम्पनीको सेयर ८.६८ प्रतिशत अथवा ८९ रुपैयाँले घटेर ९३६ रुपैयाँ काायम रहेको छ ।
साथै, प्रोग्रेशिभ फाइनान्सको ४.९८ प्रतिशत, माईखोला हाइड्रोपावरको ४.९० प्रतिशत, मिथिला लघुवित्तको ४.६७ प्रतिशत सहित २१९ कम्पनीको सेयर मूल्य घटेको छ।
