हकप्रद निष्कासन प्रस्ताव पारितका लागि बरुण हाइड्रोपावर विशेष साधारण सभा कहिले ?
काठमाडौं । बरुण हाइड्रोपावरले विशेष साधारण सभा साउन १४ गतेका लागि बोलाएको छ । शतप्रतिशत ९१ः१० हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारितका लागि कम्पनीले सभा आव्हान गरेको हो ।
सभा लर्ड पार्टी भेन्यू धुम्बराही काठमाडौंमा दिउँसो १ बजे बस्ने गरी आव्हान गरेको हो । कम्पनीले हाल कायम पुँजी ५३ करोड ५८ लाख १५ हजार रुपैयाँमा शतप्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पेश गर्नेछ । कम्पनीको ठेगाना परिवर्तन गर्न र पुँजी वृद्धि गर्न प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव समे सभाको कार्य सूचीमा समावेश गरीएको छ ।
सभा प्रयोजनका लागि कम्पनीले साउन ५ गते बुक क्लोज गरेको छ ।













