कहिलेसम्म कायम सेयरधनीहरुले अपर तामाकोशी हाइड्रोपावरमा आवेदन दिन पाउने ?
काठमाडौं । अपर तामाकोशी हाइड्रोपावरले हकप्रद निष्कासन प्रयोजनका लागि बुक क्लोजको मिति तय गरेको छ । हकप्रद सेयर बिक्री प्रयोजनका लागि कम्पनीले साउन २६ गते बुक क्लोज गर्ने भएको हुदाँ साउन २५ गतेसम्म कायम रहने सेयरधनीहरुले मात्र आवेदन दिन पाउनेछन् ।
कम्पनीले १०० प्रतिशत हकप्रद निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट गत असार २४ गते अनुमति पाएको हो ।
कम्पनीको बिक्री प्रबन्धकमा नागरिक लगानी कोष र सनराइज क्यापिटललाई रहेकाछन् ।













