नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ३ लाख ७६ हजार कित्ता बढी सेयर बिक्रीमा

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनीको नाममा रेहको ३ लाख ७६ हजार २०८ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । सेयरको खरिद मूल्य भने ताोककेको छैन् ।
उक्त सेयर खरिदको लागि संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाडौंमा आवेदन पेश गर्ने सक्नेछन् ।