को हुन् ५ लाख ७४ हजार ६६३ कित्ता सेयर बिक्री गर्न लागेका प्रभु बैंकका चार जना सेयरधनीहरु ? « Arthapath.com
२१ श्रावण २०८०, आईतवार

को हुन् ५ लाख ७४ हजार ६६३ कित्ता सेयर बिक्री गर्न लागेका प्रभु बैंकका चार जना सेयरधनीहरु ?



काठमाडौं । प्रभु बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले चार जना संस्थापक सेयरधनीको नाममा रहेको सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयर संस्थापक सेयरधनी गणेश बहादुर श्रेष्ठको नाममा रेहको २५ हजार ५४३ कित्ता सेयर, कमल प्रसाद पैडेललको नाममा रहेको १० हजार ८३० कित्ता, सैलेश श्रेष्ठको ५ लाख ३६ हजार ५४९ कित्ता, दिपक श्रेष्ठको १ हजार ७४१ कित्ता गरी कुल ५ लाख ७४ हजार ६६३ कित्ता सेयर बिक्री गर्ने भएको छ ।

उक्त सेयर खरिदको लागि संस्थापक सेयरधनीले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बबरमहल काठमाडौंमा आवेदन पेश गर्ने सक्नेछन् ।

साथै, साथै, तोकिएको अवधिमा सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा उक्तसेयर प्रचलित कानुन बमोजिम अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्