भदौ १० गतेदेखि मल्टीपर्पस फाइनान्सले हकप्रद सेयर निष्कासन गर्ने, कसरि दिने आवेदन ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

भदौ १० गतेदेखि मल्टीपर्पस फाइनान्सले हकप्रद सेयर निष्कासन गर्ने, कसरि दिने आवेदन ?



काठमाडौं । भदौ १० गतेदेखि मल्टीपर्पस फाइनान्स कम्पनीले ३५ प्रतिशत हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले १ः०.३५ अनुपातमा १५ करोड ८२ लाख रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको हो ।

कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १५ लाख ८२ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ । जसका लागि कम्पनीले साउन १२ गते बुक क्लोज गर्ने भएको हुदाँ साउन ११ गतेसम्म कायम सेयरधनीहरुले मात्र हकप्रदमा आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले हकप्रदमा भदौ ३१ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले मुक्तिनाथ क्यापिटल, मल्टीपर्पस फाइनान्स र मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्