शिखर इन्स्योरेन्सका सञ्चालक इन्द्र प्रसाद कर्माचार्यको राजिनामा स्वीकृत
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको स्वतन्त्र संचालक इन्द्र प्रसाद कर्माचार्यको राजिनामा स्वीकृत भएको छ । कर्माचार्यले दिएको राजिनामा कम्पनी संचालक समितिले स्वीकृत गरेको हो ।
कम्पनीको साउन २९ गते बसेको संचालक समितिको ३०७औं बैठकबाट स्वतन्त्र संचालक कर्माचार्यको राजिनामा स्वीकृत गरेको हो । उनको राजिनामा साउन २९ गते सोमबारदेखि नै लागू भएको कम्पनीले जनाएको छ ।














