सरकारले उद्योगी व्यवसायीलाई तर्साउने काम गर्यो: केपी शर्मा ओली
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले उद्योगी व्यवसायीलाई तर्साउने काम गरिएको बताएका छन् । बुधबार साँझ होटल रेडिसनमा नेकपा एमालेद्वारा आयोजित ‘वर्तमान आर्थिक अवस्था- समस्या र समाधान छलफल कार्यक्रम’मा बोल्दै उनले यस्तो बताए ।
सरकारले व्यवसायीलाई दुःखका बेला झन दुःख दिएको उनको तर्क थियो । “सरकारले व्यवसायीप्रति सत्रुको व्यवहार गरेको छ । अविभावकीय भूमिका भएन ।”‘अहिलेको सरकार सहयोगी छैन । उद्योग बन्द छन्, अप्ठ्यारोमा छन् सरकारलाई मतलब छैन’, उनले भने ।
उद्योगधन्दा सकसमा पर्दा सरकारले सहजीकरण गर्नुपर्ने ओलीको भनाइ छ । उनले उद्योगी व्यवसायीका समस्या समाधानका लागि सदनमा सरकारसँग नीतिगत डिलमा एमालेले सशक्त भूमिका निभाउने बताए । क्याप्टेन रामेश्वर थापाको बचाउ गर्दै सरकारले हेलिकोप्टरको भाडा नतिरी उडान बन्द गरिएको पनि उनले बताए ।













