सीटीईभीटीको परीक्षा स्थगित « Arthapath.com
२९ श्रावण २०७७, बिहीबार

सीटीईभीटीको परीक्षा स्थगित



काठमाडौं । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् सीटीईभीटीको परीक्षा स्थगित भएको छ ।
सीटीईभीटीले भदौ दोस्रो साता लिने भनेको परीक्षा स्थगित भएको हो ।


सिटीईभीटीका प्रवक्ता अनोज भट्टराईले सरकारले विद्यार्थी भर्ना र परीक्षा सञ्चालन १६ भदौबाट मात्रै गर्न पाइने निर्णय गरेपछि परीक्षा स्थगित गरेको बताएका छन ।


अब परिक्षाको समय तालीका कोरोना भाइरसको संक्रमण कम भएको तीन हप्ताको समयावधी राखेर प्रकाशन गरिने प्रवक्ता भट्टराईले बताएका छन ।


प्रतिक्रिया दिनुहोस्