हरितालिका तीजको दिन बढ्यो सुनको मूल्य, प्रतितोला कति ?

काठमाडौं । आज सुनको मूल्य बढेको छ । हरितालिका तीजको दिन सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको हो ।
सोमबार छापावाला सुन प्रतितोला एक लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यवसाय महासंघले जनाएको छ ।
यस्तै, सोमबार चाँदी पनि तोलामा ५ रुपैयाँले बढेको छ। आइतबार प्रतितोला एक हजार ४०० रुपैयाँमा रहेको चाँदी सोमबार प्रतितोला एक हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको छ।