७ श्रावण २०८३, बिहिबार

नेप्सेमा सन नेपाल लाइफको आइपीओ सूचीकृत, ओपन रेञ्ज कति ?



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको आइपीओ सूचीकृत भएको छ । मंगलबार कम्पनीको ३ करोड २० लाख कित्ता आइपीओ सूचीकृत भएको हो ।

कम्पनीले सर्वसाधारणका लगानीकर्ता सेयरधनीहरु (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामुहिक लगानी कोष र कर्मचारीहरु समेत) मा वितरण गरेको ९८ लाख कित्ता र संस्थापक सेयरधनीहरुले लगानी गरेको २ करोड २४ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि ओपन रेञ्ज न्यूनतम १५८ रुपैयाँ ४१ पैसादेखि अधिकतम ४७५ रुपैयाँ २३ पैसा तोकेको छ । कम्पनीको सिम्बोल एसएनएलआइ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्