बजार दोहोरो अकंले बढ्यो, सेयर धितो कर्जामा सीमा हट्न लागेको हो ? « Arthapath.com
४ असार २०८२, बुधबार

बजार दोहोरो अकंले बढ्यो, सेयर धितो कर्जामा सीमा हट्न लागेको हो ?



काठमाडौं । साताको तेस्रो कारोबारको दिन सेयर बजारमा दोहोरो अकंको सुधार देखिएको छ । हिजो भने बजार एकल अंकले बढेको थियो ।

अहिले सेयर बजारमा आएको प्रभावलाई लिएर नियामक निकायको ध्यान दिएको पाइन्छ । निरन्तर बजार खुम्चि रहदाँ मनोबल कमजोर भएका लगानीकर्ता बिस्तारै लगानी गर्ने थाल्ने बातावरण बन्दै गएको देखिन्छ । विशेषगरि मौद्रिक नीति मार्फत सेयर धितो कर्जामा तोकिएको १२ को सीमा हट्ने संकेत देखिएको हो । कुनै एक व्यक्ति तथा कम्पनीले सेयर धितो कर्जामा एउटा बैङ्कबाट ४ करोडसम्म लिन सक्ने तथा बैङ्क तथा वित्तीय संस्था समग्रमा १२ करोडभन्दा लिन नपाउने व्यवस्था गरिएको छ । राष्ट्र बैङ्कले मौद्रिक नीतिमा गरेको सेयर कर्जा सम्बन्धी उक्त व्यवस्थाले सेयर बजारमा नराम्रो असर पारेको छ । पछिल्लो सेयर बजार ओरालो लागेको छ । अहिलेको सेयर धितोको व्यवस्थाले लगानीकर्ताको मनोविज्ञानमा असर गरेको भन्दै यसलाई परिवर्तन गर्न माग गरिएको थियो ।

निरन्तरको गिरावटपछि मूल्य निकै सस्तो भएकाले लगानीकर्ता आकर्षित हुने आंकलन गर्ने थालिएको छ । नजिकिदैं गएको चाडवर्पमा समेत बजारमा आर्थिक कारोबार बढ्छ । बैंकिङ प्रणालीमा तरलता अवस्थाले पनि बजारको गति निर्धारण हुनेछ ।

बजार आज १६.२४ अकंले बढेर १९८५.४३ बिन्दुमा बन्द भएकाछ । आज ४३ लाख ३५ हजार ५८३ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब १७ करोड ६६ लाख ८० हजार रुपैयाँको कारोबार भएको छ ।

मंगलबार ११ उपसूचक हरियाली भएका छन् । आज होटल तथा पर्यटन समूहको ०.०९ प्रतिशत र ब्यापार समूहको ०.९२ प्रतिशतले सेयर मूल्य घटेको हो ।

आज रिलायबल नेपाल लाइफको १० करोड ६४ लाख रुपैयाँ र ओरिएन्टल होटेल्सको ४ करोड १० लाख रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्