फेडेरल रिइन्स्योरेन्सले आइपीओ निष्कासन गर्ने
काठमाडौं । फेडेरल रिइन्स्योरेन्स ब्रोकर्स लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । आइपीओ निष्कासन प्रस्ताव पारितका लागि कम्पनीले असोज २५ साधारण सभा बोलाएको हो ।
सभामा वार्षिक प्रतिवेदन पारीत गर्नुका साथै आर्थिक वर्ष ८०/८१ को लागि लेखापरीक्षक नियुक्त र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।
कम्पनी गाभ्ने वा गाभिने सम्बन्धमा, विदेशी साझेदार वा लगानीकर्ता भित्राउने सम्बन्धमा, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा गरिएका आवश्यक संशोधन तथा नियामक निकाय र अन्य सरकारी कार्यालयबाट जारी नीति निर्देशन बमोजिम आवश्यक थपघट वा परिमार्जन गर्न अख्तियारी प्रदान गर्ने एजेण्डा रहेको छ ।













