कालोबजारी गरेको आरोपमा काठमाडौंको सबैभन्दा ठुलो चिनी गोदाममा सिल « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

कालोबजारी गरेको आरोपमा काठमाडौंको सबैभन्दा ठुलो चिनी गोदाममा सिल



काठमाडौं । काठमाडौंको सबैभन्दा ठुलो चिनी गोदाम सिल गरिएको छ । कालोबजारी गरेको आरोपमा वाणिज्य विभागले गृहेश्वरी ट्रेडलिंकको गोदाम सिल गरेको हो ।

कुलेश्वरमा रहेको सो गोमा कृत्रिम भण्डारण गरेर राखिएको र लेबल अस्पष्ट भएको चीनको गोदाम सिल भएको हो । सिल गरेपछि चिनीको गुणस्तर परिक्षणका लागि पठाइएको छ ।

उक्त गोदामा करिव ७० हजार किलो चिनी भण्डारण गरिएको भेटिएको थियो । नजिकिएको चाडपर्वमा महँगोमा बिक्री गर्ने गरेको समिेत पाइएको छ । त्यस बारेमा थप अनुसन्धान भईरहेको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्