सुनकाण्डको ढिलो चाँडो छानविन भएरै छाड्छ, २०८४ मा एमालेको बहुमत सरकारः ओलि

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शार्मा ओलिले सुनकाण्डको विषय ढिलो चाँडो छानविन भएरै छाड्छ बताएका छन् । नेकपा एमाले बाग्मती प्रदेशको अधिवेशनमा बोल्दै उनले यस्तो बताएका हुन् ।
सुन काण्डबारे छानविन गर्न सरकारले नमानि रहेको उनले बताए । “१ सय किलो सुनमा ३९ किलो कहाँ गायव भयो” ओलिले भने, “सय किलो सुन ६१ किलो कसरी भयो ?”
सुन समेत गोदाम नदेखिर बाटोमा समाताएको उनले बताए । उनले भने, “एयरपोर्टमा सुन समातिदैन, गोदाम पनि देखिन्छ भने बाटोमा सुन समातिन्छ । सुन काण्डबारे छानविन गर्न सरकारले मानिरहेको छैन ।”
सरकार गिरीबन्धुको लाईल खोले पनि एमालेलाई कुनै आपत्ति रहेको बताए । कुनै पनि काण्डमा नेकपा एमालेको संगलनता नरहेको उनको तर्क थियो । सरकारी जग्गा व्यक्तिको नाममा ल्याउने मतियारलाई झुट व्यक्तिको नामबाट किन्नेलाई जेल किन ? उनले प्रश्न गरे ।
प्रचण्डको सरकार निकम्मा, अराजक रहेको ओलिले बताए । अहिले सरकारले आममाफि नाममा गुण्डा, हत्यारा, अराजक ब्यक्तिलाई रिहा गरी रहेको बताए । अब एमाले २०८४ मा बहुमत सहित सरकारमा जाने उनको तर्क थियो ।