मिड सोलु हाइड्रोपावरको आइपीओ पर्यो कि ? यी तरिकाबाट हेर्नुहोस् नतिजा « Arthapath.com
१० आश्विन २०८०, बुधबार

मिड सोलु हाइड्रोपावरको आइपीओ पर्यो कि ? यी तरिकाबाट हेर्नुहोस् नतिजा



काठमाडौं । मिड सोलु हाइड्रोपावरको आइपीओ बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटलको कार्यालयमा आइपीओ बाँडफाँट भएको छ ।

माग भन्दा बढी आवेदन परेको हुदाँ आइपीओ गोलाप्रथाबाट बाँडफाँट भएको छ । जस मार्फत ६२ हजार ११७ जनाले १०।१० कित्ता सेयर प्राप्त गरेका छन् । सोहि मध्येका २ जनाले भने ११ कित्ता सेयर हात पारेका हुन्। १२ लाख ९४ हजार ५८० जनाको हात रित्तो भएको छ ।

कम्पनीले भदौ २८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको थियो ।

यी तरिकाबाट हेर्नसकिनेछ नतिजा

सीडीएसले आइपीओको नतिजा हेर्न बनाएको वेबसाइटः  iporesult.cdsc.com.np/ 

बिक्री प्रबन्धकको वेबसाइट: https://www.nicasiacapital.com/

मेरोसेयर एप: https://meroshare.cdsc.com.np/#/login


प्रतिक्रिया दिनुहोस्