२२ श्रावण २०८३, शुक्रबार

के-के उपलब्धी भयो प्रधानमन्त्रीको चीन भ्रमणबाट ? (पूर्णपाठ)



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्र सङ्घमा यस पटक देखिने गरी नेपाललाई प्रस्तुत गरिएको बताएका छन् । संयुक्त राष्ट्र सङ्घको ७८ औँ महासभामा आफूले गरेको सम्बोधनबाट यस पटक नेपाल देखिने गरी प्रस्तुत हुन सफलता मिलेको उनको दाबी रहेको छ ।

संयुक्त राष्ट्र सङ्घको महासभा र चीनको आफ्नो औपचारिक भ्रमणबारे आज आइतवार प्रतिनिधिसभा बैठकमा जानकारी गराउँदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले आफ्नो चीन भ्रमणले दुई देशबीचको राजनीतिक तहमा विश्वासको वातावरण बनेको पनि उल्लेख गरे ।

उनले नेपाल–चीनबीचको जनस्तरको सम्बन्धलाई प्रगाढ बनाउन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनबाट सोझै हवाई उडान गरिनुका साथै विज्ञान र प्रविधिको क्षेत्रमा सहकार्य गर्ने, द्विपक्षीय व्यापार विस्तार गर्ने विषयमा समेत छलफल भएको बताए ।