२२ श्रावण २०८३, शुक्रबार

पश्चिम नेपालमा ५.३ म्याग्निच्यूटको भूकम्प



काठमाडौ। पश्चिम नेपालमा भूकम्पको धक्का महसुस भएको छ । मंगलबार दिउँसो २ बजेर ४० मिनेटमा पश्चिम नेपालका केही जिल्लामा भूकम्पको धक्का महसुस भएको हो ।

बझाङको तालकोट आसपास केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्यूटको भूकम्प गएको हो । ३ बजेर ५ मिनेटमा पुनः अर्को धक्का महसुस भएको छ ।

त्यस्तै कर्णाली, लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशका केही भागमा समेत धक्का महसुस भएको छ ।