२१ श्रावण २०८३, बिहिबार

काठमाडौँ महानगरले जारमा किरा भेटिएपछि कम्पनीलाई १ लाख रुपैयाँ जरिवाना



काठमाडौँ । काठमाडौँ महानगरपालिकाले त्रिकोण बेभरेज इन्टस्ट्रीजलाई १ लाख रुपैयाँ जरिवाना तिराएको छ ।

बजार अनुगमन समितिले अनुगमनका क्रममा पानीको जारमा किरा भेटिएपछि जरिवाना गराएको हो । महानगरले बालाजु औद्योगिक क्षेत्रमा रहेको उक्त कम्पनीको कारखाना पनि अनुगमन गरेको थियो । साथै, अब उप्रान्त जारमा पानी भर्नुअघि निर्मलीकरण गरी भर्न र ब्याज रिपोर्ट पानी ढुवानीकर्तालाई प्रत्येक महिना उपलब्ध गराउन महानगरले निर्देशन दिएको छ । 

पछिल्लो समय काठमाडौँ महानगरले बजार अनुगमनलाई तीव्रता दिएको छ ।