२१ श्रावण २०८३, बिहिबार

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सेयर बिक्रीमा, प्रतिकित्ता कति ?



काठमाडौँ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको ५ लाख ३३ हजार ८६५ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयरको मूल्य प्रतिकित्ता २८० रुपैयाँ तोकिएको हुँदा आवेदन दिँदा सो वा सो भन्दा बढी मूल्य अङ्कित गरी आवेदन दिन सकिनेछ । इच्छुक विद्यमान संस्थापक सेयरधनी तथा अन्य व्यक्ति वा संघसंस्थाहरूले आवश्यक कागजात सङ्कलन गरी कात्तिक २ गतेसम्म आवेदन दिन सकिने छ । लगानीकर्ताले न्यूनतम ५ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।

कम्पनीको विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।